श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने ओलीको घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका छन् ।

शनिबार एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुने घोषणा गरेका हुन् । सरकारले तोके अनुसार हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० रहेको छ भने दैनिक ५ सय १७ रुपैँया रहेको छ ।

त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता आबद्ध भएको जनाउँँदै उनले भने, ‘२०७५ मंसिर ११ गतेबाट राष्ट्रिय अभियानको रुपमा सुरू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र २ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ ।