स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना फैलियो, अस्पतालमा अब बेड छैन : स्वास्थ्य मन्त्रालय

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावीत २२ जिल्लाका अस्पतालमा अब शैया नपुग्ने अवस्था आइसकेको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा कोरोना संक्रमणले डरलाग्दो रुपलिएको जनाउँदै अस्पतालमा राखेर कोभिड संक्रमितको उपचार गर्न नसकिने अवस्था आएका जनाएको हो ।

त्यस्तै, नागरिकलाई जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।