एक महिनापछि दैनिक १ लाख ९३ हजार संक्रमित थपिने मन्त्रालयकाे प्रक्षेपण


न्युज अफ नेपाल काठमाडौं  ।

नेपालमा एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।

मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङमा हाल बढिरहेको संक्रमणको दर नरोक्ने हो भने एक महिना पछि दैनिक एक लाख ९३ हजार व्यक्ति संक्रमित हुन सक्ने प्रक्षेपण गरिएको हो ।यही संख्यामा संक्रमण बढे यसअघि नेपालमा एक वर्षमा देखिएको संक्रमित संख्या अबको तीन महिनामा नै देखिने छ ।

अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर ३० प्रतिशत माथि पुगिसकेको छ । यो संक्रमित थपिने गति भारतको भन्दा निकै बढी भएको हो ।