सरस्वती न्यौपाने रसुवा ।
मंगलवार लाङटाङ राष्ट्रिय निकुञ्ज को सुरक्षार्थ खटिएको विष्णु दल गणको गस्ती टोलिले टिमुरे क्षेत्र मा रहेको तातोपानी मासु काटिएको अवस्थामा चार व्यक्ति पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेका तीन पुरुष र एक महिला छन् ।उक्त मासु घोरलको रहेको आशंका गरिएको बताईएको छ ।
पक्राउ परेका चारैजनालाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । पक्राउ परेकाको नाम भने लाङटाङ राष्ट्रिय निकुञ्जले खुलाएको छैन ।
प्रतिक्रिया