दुई बन्दी थुनामुक्त गर्न आदेश


काठमाडौं (नेस)

गैरकानुनीरूपमा थुनामा राखेको ठहर गरी सर्वोच्च अदालतले बिहीबार दुई जना बन्दीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधीशहरु दीपककुमार कार्की र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले कारागार कार्यालय पर्सा वीरगन्जमा थुनामा रहेका राजकुमार सिंह र झापा जिल्लामा थुनामा रहेका पूर्णप्रसाद शिवाकोटीलाई रिहा गर्न आदेश दिएको हो ।

थुनामा रहेका सिंह र शिवाकोटीले आफूहरुलाई गैरकानुनीरूपमा थुनामा राखिएको दाबी गरी छट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सिंहले २०७७ साल चैत ९ र शिवाकोटीले सोही सालको चैत २२ गते निवेदन दर्ता गरेका थिए ।सर्वोच्चले ती दुई जनाको निवेदनमाथि छट्टाछुट्टै सुनुवाइ गरी गैरकानुनीरूपमा थुनामा राखिएको ठहरका साथ उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले दुई दिनअघि निर्णय गरी कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक कोभिड–१९ सँग सम्बन्धित रिट निवेदनबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको थियो ।