सल्यानमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

0
Shares

सरिता चलाउने, सल्यान ।

सल्यानमा कोरोना संक्रमण बाट थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

केहीदिन अघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएका पुरुष होम आइशोलेसनमा बसेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनु भयोे । बुधबार राति स्वास प्रस्वासमा समस्या भएपछि राती करिब सवा ८ बजे अस्पतालमा ल्याएर अक्सीजन दिंदादिंदै उनको मृत्यु भएको उहाँले बताउनु भयो ।

सल्यानमा१० दिनको अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका निवासी दुईजना पुरुषको ज्यानगइ सकेको अस्पतालले जनाएको छ ।