रामधन राई ,खोटाङ ।
खोटाङमा असिनापानीसँगै परेको चट्याङकारण दुई घर जलेर पूर्ण रुपमा नष्ट भएकोे छ । बुधबार साझ असिना र पानीसँगै चट्याङ पर्दा रावाबेशीगाउँपालिका–२ दुवेकोलका ज्ञानबहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमाका सार्की मान तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जनाएको छ।
दुबै घरमा चटयाङ लागेर आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडा–वर्तन जलेर नष्ट भएको छ । चटयाङबाट मानवीयक्षती नभएको प्रहरीले जनाएकोे छ ।
प्रतिक्रिया