प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना


न्युज अफ नेपाल काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रा कम देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो ।

दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ ।

सचिवालयका अनुसार पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । यसअघि, उनको सिंगापुर, अमेरिका र भारतमा उपचार भएको थियो ।