रुपन्देहीमा आज थप ३८० जनामा कोरोना संक्रमण, ६ को मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवल उपमहानगरपालिकाका १४३ सहित रुपन्देही जिल्लामा बुधबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ६११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५५६ पीसीआर परीक्षण गर्दा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकाका १४३ जना, तिलोत्तमा नगरपालिकाका ७३ जना, सिद्धार्थनगर नगरपालिकाका ५९ जना,सुद्धोधन गाउपालिकाका ४९ जना,सैनामैना नगरपालिकाका २१ जना, देवदह नगरपालिकाका १२ जना, रोहिणी गाउपालिकाका ८ जना, कञ्चन गाउपालिकाका ५ जना, ओमसतिया गाउपालिकाका ४ जना,सियारी गाउपालिका र मायादेवी गाउपालिकाका २÷२ जना तथा सम्मरीमाई गाउपालिका र गैडहवा गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाका थप ३६ जना कोरोना संक्रमित निको भएका छन् । रुपन्देहीमा हालसम्म ९ हजार २१८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म १८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल रुपन्देही जिल्लामा १ हजार ८ सय ८७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।