परीक्षा दिन विद्यालय जाँदै गरेकी छात्राको लडेर मृत्यु

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा परिक्षा दिन हिडेकी एक छात्राको लडेर ज्यान गएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गापा –२ अत्तरकाँडा निवासी चन्द्रकला शार्की रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कोभिडको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आन्तरिक परिक्षा संचालन गरेपछि भानुभक्त माविमा कक्षा १० मा अध्यनरत छात्रा मंगलबार बिहानै गणित विषयको परिक्षा दिन भनेर हिडेकी थिइन् ।

घरबाट विद्यालय सम्मजाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिदै गर्दा सल्लाको कुसुममा चिप्लिएर लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो । बाटोबाट लडेर करिब ४ सय मिटर तल पुगेको र मंगलबार बिहाकिरब सवा ९ बजेको समयमा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।