लगातार चौंथो दिन पनि संक्रमित संख्याको विश्व कीर्तिमान


 नयाँदिल्ली, (एजेन्सी) ।

भारतले लगातार चौथौ :दिन अर्थात् आइतबार पनि दैनिक नयाँ कोरोना भाइरस संक्रमित संख्याको विश्व कीर्तिमान राखेको छ । आइतबार ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका हुन् । यसबाट अहिले महामारी शुरू भएयता भारतको संक्रमित संख्या झण्डै १ करोड ७० लाख पुगेको छ ।

लगातार तेश्रो दिन अर्थात् शनिबार पनि नयाँ कोभिड–१९ संक्रमितको संख्याले कीर्तिमान राखेको बेला भारतीय अस्पतालहरूले अक्सिजन अभावका कारण आफ्ना बिरामीहरू भटाभट मर्दै गरेको जनाएका थिए । मात्र चार दिनभित्र भारतमा नयाँ कोरोना भाइरस संक्रमितको संख्या झन्डै चौध लाख थपिएको छ । शनिबार यो संख्या ३ लाख ४६ हजार ७ सय ८६ रहेको रहेको थियो । एकजना अधिकारीले दिल्लीस्थित जयपुर गोल्डन अस्पतालमा मात्र शुक्रबार राति २० जना विद्यार्थीको अक्सिजनको अभावमा ज्यान गएको पुष्टि गरेका छन् ।
सरकारले अक्सिजनको अत्यन्तै अभाव भएका स्थानहरूमा तत्कालै विशेष ट्रेन र वायु सैनिक फौज मार्फत् आपूर्ति गराइने जनाएको छ । शुक्रबार मृतकको संखया २ हजार २ सय ६३ रहेकोमा शनिबार नयाँ मृतकको संख्या बढेर २ हजार ६ सय २४ पुगेको थियो ।विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले भारतमा कोरोना भाइरस महामारीको स्थिति अनियन्त्रित अवस्थामा पुगेको जनाएको छ । यसै वर्षको शुरूमा भारत सरकारले कोरोना भाइरस पराजितै भइसकेको विश्वास गरेको थियो ।

भारतबाट कोरोना विरुद्धको खोपहरू निर्यातसमेत हुन थालेकाले मार्चमा भारतीय स्वास्थ्यमन्त्रीले भारतमा कोरोना महामारीको अन्त्य भएको प्रतिक्रिया दिएका थिए । तर, त्यसको केही समयपछि नै अप्रत्यासितरूपमा महामारीको प्रकोप बढ्न शुरू भएको थियो ।नयाँ विकसित खालको कोरोना भाइरस र यसै महिना समपन्न लाखौं लाख मानिसको जमघट भएको कुम्भ मेलाको कारण स्थिति अझै खराब हुन पुगेको हो ।दिल्लीका अस्पतालहरूले आफूहरू ब्रेकिंग प्वाइन्टमा पुगिसकेको चेतावनी दिएका छन् । होली फैमिली हस्पिटलले सघन उपचार कक्षका सम्पूर्ण सैया भरिएको जनाएको छ । डा. सुमित रेले झन्डै सम्पूर्ण अस्पतालको अवस्था दयनिय रहेको र अक्सिजन खतम भएपछि बिरामीलाई बचाउनै नसकिने बीबीसीलाई बताएका छन् ।यसैबीच, दिल्ली उच्च अदालतले अक्सिजनको आपूर्तिमा कुनै पनि बाधा अड्चन सिर्जना गर्ने केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारीलाई छुट नदिने, फाँसीमा झुन्ड्याउने आदेश दिएको छ । महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको एक याचिकापत्रबारे सुनुवाइ गर्दै न्यायाधीश विपिन सांघी र जस्टिस रेखाको संयुक्त इजलासका तर्फबाट उक्त टिप्पणी बाहिर आएको हो ।