विद्यालय बन्द नगर्ने ११ प्रिन्सिपल पक्राउ


न्युज अफ नेपाल ,काठमाडौं ।

सरकारले गरेको निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गर्ने ११ जना प्रिन्सिपल पक्राउ परेका छन् ।

सप्तरी राजविराजस्थित ११ वटा विद्यालयका प्रिन्सिपललाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । सरकारले गत सोमवारबाट राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो । त्यसविपरीत यहाँका केही विद्यालय खोलिएको थियो ।