उज्यालो नेटवर्क अनलाईनका  दुई पत्रकार पक्राउ


न्युज अफ नेपाल ,काठमाडौं ।

उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात हुन । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट प्रक्राउ गरेको हो । प्रहरीले दुर्गालाललाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयबाटै नियन्त्रणमा लिएरको छ ।

उज्यालो नेटवर्क अनलाईले प्रधामन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलबीच सहमति भएको भन्दै नक्कली हस्ताक्षरसहितको पत्र राखेर समाचार लेखेको थियो । पछि, प्रेस काउन्सिललाई भने गल्ती भएको भनेर उज्यालो नेटवर्क अनलाईनले माफीसमेत मागी सकेको थियो ।