त्रिशुली नदीमा खसेर दुई मजुरको मृत्यु, नौ जनाको उद्धार


न्युज अफ नेपाल काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका१ ठिमुरास्थित त्रिशुली नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । चितवन र तनहुँ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने ११ जना मजुर आज बिहान नदीमा खसेको प्रहरीले जनाएको छ ।

खसेका ९ जनालाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ । बेपत्ता दुई जनाको सशस्त्र प्रहरी १७ नं गणबाट खटिएको सई नेतृत्वको टोलीले खोजी गरिरहेको बताइएको छ ।