रुपन्देहीमा होस्टलमै एक विद्यार्थीको मृत्यु


न्युज अफ नेपाल रूपन्देही ।

रुपन्देही तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा त्रास छाएको छ ।

कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावको आरोप छ ।

छात्रा विरामी भएको भन्दै शनिबार बिहान खबर पाएपछि आफन्तले नजिकैको क्रिमसन अस्पताल लगेका थिए । अस्पताल पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरे ।विद्यालय होस्टलमा करिब ८० विद्यार्थी बस्छन् । अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ । घटनापछि धेरै अभिभावकले छोराछोरी घरमै लगेका छन् । स्थानीय प्रशासनले विद्यालय बन्द्य गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा सञ्चालन गरिरहेको छ ।