जेठ ६ गते उपनिर्वाचन हुने


काठमाडौं, (नेस) । 

नेकपा माओवादीका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ एमाले प्रवेश गरेपछि रिक्त रहन आएको राष्ट्रिय सभा सदस्यको एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले वागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेको हो ।उपनिर्वाचनसम्बन्धी तयारी थालेको आयोगले भनेको छ– ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।’आयोगले उपनिर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरूलाई समय दिएको छ ।