वडा अध्यक्ष बास्तोलालाई पोखरा बहुमुखी क्याम्पसको आजिवन सदस्यता


भूपराज बस्याल , पोखरा ।

पोखरा बहुमुखी क्याम्पसले पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलालाई आजिवन सदस्यताको प्रमाण(पत्र प्रदान गरेको छ ।

पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारमा रहेको उक्त क्याम्पसको समग्र विकासमा योगदान पु-याएको भन्दै क्याम्पसले अध्यक्ष बास्तोलालाई सम्मान गरेको हो । बुधबार वडा नम्बर चारको कार्यालयमा पुगेर अध्यक्षको कार्यकक्षमा नै क्याम्पसले बास्तोलालाई आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गरेको थियो ।सदस्यता सम्मान पत्र प्रदान गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पसका हरेक गतिविधिहरुमा सहभागी भई निस्वार्थ सेवा गरेको भन्दै क्याम्पसको एक असल अभिभावकको रुपमा चित्रण गर्नुभयो ।

साविक पश्चिमाञ्चलको पहिलो सामुदायीक क्याम्पसको पहिचान बोकेको पोखरा बहुमुखी क्याम्पसले आफुलाई सम्मान स्वरुप आजिवन सदस्यता प्रदान गरेकामा अध्यक्ष बास्तोलाले खुसी व्यक्त गर्नुभयो ।उहाँले आफ्नो निस्वार्थ सेवा र शैक्षिक क्षेत्रको विकासमा खेलेको भुमिकाको औचित्य यो सम्मानले थप पुष्टि गरेको अनुभुति सुनाउनुभयो । यसले आफुलाई पोखरेली समाजको शैक्षिक विकासमा अझै सर्मपित हुने प्रेरणा प्रदान गरेको पनि उहाँले बताउनुभयो । २०४२ सालमा स्थापना भएको उक्त क्याम्पसमा हाल ६ सयको हाराहारीमा विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।