प्रधानमन्त्री ओली र नेपालबीच आज पनि भेटवार्ताको तयारी


न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ताको तयारी गरिएको छ। दिउँसो २ बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

बुधबार साँझ होटल मेरियटमा ओली र नेपाल बीच २ घण्टा छलफल भएको थियो। साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियटमै भेटवार्ता हुन लागेको हो ।