बुटवल कोरोना अस्पतालमा उपचारत ३ संक्रमितको मृत्यु


यमलाल भुसाल, बुटवल ।  

कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार २ महिला र १ पुरुष गरि ३ जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले हस्ताक्षर गरेको पत्रमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा चैत २७गते भर्ना भएकी थिइन् ।

सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगंगा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।