प्रदेश २ को बैठक अघि माओवादी केन्द्रले ४ सांसद बर्खास्त गर्‍यो


न्युज अफ नेपाल ,जनकपुरधाम ।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना सांसदलाई बर्खास्त गरेको छ । नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो ।

२४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको पार्टी स्रोतले जनाएको छ । चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।