राष्ट्रिय परिचय पत्रका लागि ७ हजार बढीको विवरण पेस


डोटी, (नेस) ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामासात हजार ६ सय ४८ जनाले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका ७ वटै वडा कार्यालयमा लगत संकलनका लागि आवेदन माग गरिएको थियो ।

वडा न. १ खिरसैनमा ९४३, वडा नं. २ बगलेकमा ९१४, वडा नं. ३ गैरागाउँमा ९६८, वडा नं. ४ सानागाउँमा ९९६, वडा नं. ५ काडमाडौंमा एक हजार ४९२, वडा नंं. ६ गाँजरीमा एक हजार ७२ र वडा नं. ७ पोखरीमा एक हजार २६३ गरी कुल ७ हजार ६४८ जनाले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिनुभयो ।सबैभन्दा बढी वडा नं. ५ काडामाडौंमा १ हजार ४९२ र सबै भन्दा कम वडा नं. २ बगलेकमा ९१४ जनाले नाम दर्ता गराएका छन् । यो अभियानमा १६ जना दर्ता अपरेटर, ७ जना वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीहरूको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।