मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको मृत्यु

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

गत बुधवार मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका सिन्धुलीका एक बृद्धको मृत्यु भएको छ ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका कमलामाई नगरपालिका वडा.न.७ का ७८ बर्षका छविलाल श्रेष्ठको उपचारका क्रममा हिजो(विहीवार) सिन्धुली अस्पतालमा मृत्यु भएको हो । विपी राजमार्ग अन्तर्गत सिन्धुलीमाढी बजारबाट माझीटार तर्फ जादै गरेको बा ६२ प ९२७६ नम्बरको मोटरसाईकलले सडकमा हिडीरहेको अवस्थामा श्रेष्ठलाई ठक्कर दिएको थियो ।

टाउकोमा गम्भिर चोट लागेका श्रेष्ठलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पछि बुधवार नै थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको थियो । तर धुलिखेल अस्पतालमा उपचार संभव नभएपछि धुलिखेल अस्पतालले पुनः सिन्धुली अस्पताल फर्काएको र हिजो साँझ ५ः ३० बजेको समयमा सिन्धुली अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।