मजदुर निष्कासन र दमनविरुद्ध अखिल नेपाल ट्रेड यूनियन महासंघले बुझायो ज्ञापन पत्र

14
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ प्रदेश समितिहरुले भब्य जुलुस सहित बेतन बृद्धि, सामाजिक सुरक्षाको कार्यान्वन, श्रम ऐनको मजदुर विरोधी दफाहरुको खारेजी तथा मजदुर निष्कासन र दमनको चर्को विरोध गर्दैै ज्ञापन-पत्र बुझाएका छन् ।

वागमती प्रदेश समिति अध्यक्ष शिवप्रसाद पोख्रेल द्वारा हस्ताक्षर गरेको पत्र अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष जगत सिंखडाको नेतृत्वमा प्रदेश कमिटी इन्चार्ज प्रकाश श्रेष्ठ, सह-इन्चाज सोम तामाङ, प्रदेश कमिटी अध्यक्ष शिव पोख्रेल, मकवानपुर जिल्ला अध्यक्ष गंगा भट्टराई लगायतका सयौ मजदुरहरुको उपस्थितिमा वागमती प्रदेश सरकारका मुख्य मन्त्री डोरमणि पौडेललाई बुझाएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री पौडेलले ऐनमा व्यवस्था गरिएका सेवा सुविधा तत्काल कार्यान्वयन गरिने साथै न्यूनतम पारिश्रमिक निर्धारणमा संघिय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै महासंघ प्रदेश समिति अध्यक्ष पोख्रेलले “श्रम ऐनमा व्यवस्था भएअनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम् पारिश्रमिक बृद्धि गर्नुपर्ने, साउन १ गतेबाट लागू गनुपर्ने प्रावधानलाई उल्लङ्घन गर्दै तीन वर्षदेखि तलब बृद्धि गरिएको छैन् । हाम्रो संगठन तत्काल महंगीको आधारमा २०७७ साउन १ गतेबाट न्यूनतम् पारिश्रमिक बृद्धि गर्न आग्रह गर्दछ ।”

आफूहरुको माग र लचकतालाई कमजोरीका रुपमा बुझिए सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने उद्योग तथा प्रतिष्ठान बन्द गरिने पनि उनले बताए । उनले भने, “योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने उद्योग तथा प्रतिष्ठान मजदुरहरुले बन्द गर्न वाध्य हुने समेत चेतावनी दिएका छन्।