अब २५ जनाभन्दा बढी भेला नपाइने


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोनाको बढ्दो जोखिमका बीच भीडभाडमा रोक लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिश गरेको छ । २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गर्न मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई (सीसीएमसी)लाई सिफारिश गरेको हो ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । सोही कारण भीडभाड नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिइएको मन्त्रालयल स्रोतले लोकान्तरलाई जानकारी दियो । यसबारे सीसीएमसीको आजै बस्ने बैठकले निर्णय लिने सम्भावना रहेको छ ।