वालिङ नगरपालिकालाई कांग्रेसको सम्मान


अमृत अर्याल (नेस) , स्याङ्गजा ।

नेपाली कांग्रेसले वालिङ नगरपालिकालाई सम्मान तथा बधाई व्यक्त गरेको छ । नेपाली कांग्रेस नगर, क्षेत्र तथा जिल्ला कार्यसमितिले नगरपालिकालाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । वालिङ्ग देशमै उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । सरोकारवाला सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्दै पार्टीले नगरपालिकाका नगरप्रमुख सहित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । शहरी योजना, वातावरण, विपद जोखिम व्यवस्था र उत्थानशिलता क्षेत्रमा नेपालकै सर्वोकृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको भन्दै कागे्रसले सम्मान गरेको हो ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख एवं पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वालिङ नगरपालिका देशभरीकै उत्कृष्ट हुनु समग्र जिल्लाकै गौरव र पहिचानको विषय भएको बताउनुभयो । साथै श्रेष्ठले अझै जनमैत्रि कार्य गर्न आग्रह समेत गर्नुभयो । विकास निर्माणका सवालमा वालिङ निकै अगाडि रहेको भन्दै वालिङ नगरपालिकाका जनप्रतिनिधि सफल भएको श्रेष्ठको ठहर छ । यसले नगरबासी तथा मतदाताको गरिमा बढेको समेत श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डे, जिल्ला कार्यबहाक सभापति बुद्धिबहादुर राना कुमार, पुर्व सांसद शंकरप्रसाद पाण्डे, संविधान सभा सदस्य राजु थापा, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वति अर्याल तिवारी, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांण, उपप्रमुख कल्पना तिवारी लगायतले जनताले जिम्मेवारी दिएर पठाएको जनप्रतिनिधिले जनमैत्रि काम गर्न सकेको बताउनुभयो । यो सम्मानले अझ अगाडि बढ्न प्रेरित गरेको जनप्रतिनिधिहरु बताउछन् ।