डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व


काठमाडौं, (नेस) । 

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेललगायत अन्य पदाधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । मंगलबार एसोसिएसनको १५औं साधारण सभालेउपाध्यक्षमा सुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेन्ट बैंक, सचिवमा बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी विकास बैंक, कोषाध्यक्षमा प्रविण बस्नेत, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा विकास बैंक रहनु भएको छ ।

सदस्यहरुमा नरेशसिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी विकास बैंक, प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेन्ट बैंक, श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र नवीन सुवेदी, प्रमुख कार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेन्ट बैंक उमेशकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेन्ट बैंक रहनुभएको छ । नवनियुक्त कार्यसमितिका पदाधिकारीले सपथ ग्रहण गरी कार्यभार पनि सम्हालिसकेको छ ।

साधारण सभाले आव २०७६-७७ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७७-७८ को अनुमानित आय ब्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पारित गरेको छ ।नवनिर्वाचित अध्यक्ष पोखरेलले ९० वटा विकास बैंक घटेर २० भन्दा तल आउँदा पनि मार्केट शेयरका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौ भन्दै उहाँले सबै प्रमुख कार्यकारी अधिकृतलाई अनुरोध गर्नुभयो ।