सुदूरपश्चिममा आज माधव नेपाल समूहले छुट्टै कमिटी घोषणा गर्ने


न्युज अफ नेपाल ,काठमाडौं ।

सुदूरपश्चिम प्रदेशमा आज नेकपा एमालेको माधव नेपाल समूहले आफ्नो छुटै कमिटी घोषणा गर्ने भएको छ।कैलालीको धनगढीमा सोमबारदेखि जारी प्रदेशस्तरीय विस्तारित बैठक समानान्तर कमिटी घोषणा गर्दै भीम रावलको नेतृत्वमा सम्पन्न हुने भएको हो।

रावल ओली समूहद्वारा ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाटै निलम्बित नेता हुन्। तर उनले त्यसलाई अस्वीकार गरेका छन्। रावलसहित माधव नेपाल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि उही कारबाही गरिएको छ।

नेपाल पक्षले सर्वोच्च अदालतको फैसलबमोजिम एमाले २०७५ जेठ २ को अवस्थामा हुनुपर्ने जिकिर गरेको छ। सोहीअनुसार सुदूरपश्चिममा कमिटी कायम गर्ने र त्यसमा रिक्त रहेका स्थानमा नयाँ नेतालाई जिम्मेवारी दिने तयारी नेपाल पक्षले गरेको छ।