बालयौन दुराचारी अमेरिकी नागरिक पक्राउ


काठमाडौं, (नेस) ।

अमेरिकामा रहँदादेखि नै बाल यौन दुराचारमा संलग्न रहँदै आएका एक अमेरिकी नागरिकलाई नेपाली बालबालिकासँग बाल यौन दुराचार गरेको अभियोगमा प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ।

नेपाली बालबालिकासँग यौन दुराचार गरेको अभियोग लागेका अमेरिकी नागरिक मिचेल नरमन टोयलोरलाई कास्कीको सेदीस्थित एक होमस्टेबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।अभियुक्त मिचेल यसअघि चारपटक नेपाल आएको र पछिल्लोपटक सन् २०१९ मा नेपाल आउँदा ३ जना बालबालिकालाई यौन दुराचार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकोमा ब्युरोको टोलीले पक्राउ गरेको जनाएको हो।