नेपाल रावलमाथिको कारबाही लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र


नेपाल समाचारपत्र, काठमाडौं  ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले दुई नेतामाथि भएको कारबाहीले पार्टी मात्र नभई लोकतन्त्र नै समाप्त पार्ने निष्कर्ष निकालेको छ।एमालेको अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने सोमबार निर्णय गरेको थियो। मंगलबार नेपाल समूहका ११ सदस्यीय स्थायी समितिको बैठकले अध्यक्ष ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल+बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने निष्कर्ष निकालेको हो।

यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो  बैठकपछि निकाललिएको संयुक्त वक्तव्यमा भनिएको छ यस्तो पार्टी विधान, पद्धति र मान्यताविपरीतको कार्यको हामी भत्र्सना गर्दछौं ।अध्यक्ष ओली आफैं पार्टी विधानविपरीत चलेको भन्दै नेपाल समूहले कारबाही नमान्ने बताएको छ। ञहामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरे पनि त्यो हामी मान्दैनौं। किनकि उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन।

बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भन्नुभयो। आफूहरुको सांगठनिक र वैचारिक गतिविधि बिनारोकटोक कायम रहने उहाँले जानकारी दिनुभयो। यद्यपि नयाँ पार्टी नबनाउने ज्ञवालीले प्रस्ट पार्नुभएको छ। ञसांगठनिक जीवनमा अलग+अगग ढंगले क्रियाकलाप अगाडि बढेका छन्। तर, त्यो फुटको तहसम्म पुगेको छैनु, उहाँले भन्नुभयो भविष्यमा के हुन्छ भन्ने केपी ओलीजीका क्रियाकलापमा भरपर्छ ।