एमाले खनाल -नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

मंगलबार दिउँसो बैठक बस्न लागेको छ तर स्थान र समय टुंगिन बाँकी रहेको उक्त समुहका एक स्थायी समिति सदस्यले जानकारी दिए।यसअघि सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए। आजको छलफलमा अबको थप रणनीतिबारे छलफल हुने ती स्थायी समिति सदस्यले बताए।