एकाबिहानै नेपाल-खनाल समूहमाथि कड्किए प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहमाथि आक्रोश व्यक्त गरेका छन् । शनिबार बिहानै सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले नेपाल खनाल समूहका नेता योेगेश भट्टराईको ट्वीटप्रति जवाफ फकाउँदै विभिन्न प्रश्न तेर्साएका छन् ।

भट्टराईले गत बिहीबार ट्विटरमा ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ। बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दसकौं पछि धकेल्नेछ। अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’ भन्दै ट्वीट गरेका थिए ।

यसैको जवाफमा थापाले आज ‘योगेशजीको सच्चाइबोधलाई धन्यवाद ! तर यी तथ्य बिर्सनै नमिल्ने छन् : १. बिगार्न बाँकीचाहिँ के नै राख्नुभयो? पुस ५ गतेयता हेरिटेज गार्डेनसम्मका तथाकथित भेलाहरूमा आफ्नै भूमिकाको आत्मसमीक्षा गर्नुभएको छ? २. फागुन २३ पछि पार्टीनिकट पत्रकारहरूका फुटगत भेला कतिवटा गर्नुभयो?’

यस्तो छ थापाको ट्वीट : 

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारवाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुः खी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा के चाही गर्न बाँकी राखे ?

कोही प्रदर्शनी मार्गमा चिच्याए (सन्की (?) केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नौं !!
कोही कार्की बैक्वेटमा उफ्रिए–केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायौं !
माझण्ड गुटको मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेको ऐलान नै गरे–७ जनालाई पार्टीबाट नै हटायौं !!!
विचराहरू–
तिनले के के गरेका थिए ?
१.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै होइन, चार पटक निस्काशन गरे ।
२.महासचिव विष्णुप्रसाद पौडेललाई दुई पटक निस्काशनको घोषणा गरे ।
३.मुख्यमन्त्री शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्कासन गरे ।
४.मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निस्काशन गरे ।
५.सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट एकपटक निस्काशन गरे ।
६.विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकबाट निस्कासन एकपटक निस्काशन गरे ।
७.शान्ता चौधरीलाई संसदीय दलको सचेतकबाट एकपटक निस्काशन गरे
८.प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
९.कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
१०.गोकुल बाँस्कोटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनको प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाको किरियामा रहनुभएकाले विरोध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।
११.सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे र
१२.महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियो भन्ने स्पष्ट नै छ।
यहाँनेर सबैलाई ज्ञात होस् र स्मरण पनि–
(पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निस्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो । माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ ।)
समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारवाहीमा पर्ने निश्चित भएको छ –
तैपनि तिनमा कुनै पश्चातापबोध छैन,
अझ उल्टै पार्टी एकताको रोइलो तिनकै पो छ ।
खासमा पार्टी एकता भत्काउने र भाँड्ने को थियो ?
ऐनामा अनुहार हेर्नू पर्दैन ?
अनि,
निशर्त नेकपा (एमाले)
सूर्य चिन्ह,
र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो स्वागत छ, अन्यथा किन –याई–याईं गर्ने ?
कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन !
अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ !!
नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ ?
अब गंगा गए गंगादास,
जमुना गए जमुनादास नहोऔं कि ?
कमसेककम–
१. २०७७ बैशाख यताका गुटगत, फुटगत, प्रचण्डपन्थी, दुष्ट, जनादेशविपरित, जनविरोधी र राष्ट्रिय हितविपरीतका कार्य/दुष्कार्य गलत गरेका थियौ। त्यसैले, सार्वजनिक क्षमायाचना गर्छौं, पार्टीले हाम्रो सार्वजनिक आलोचना गरेर सुध्रिने मौका प्रदान गरोस् भन्ने राजनीतिक र नैतिक साहस प्रदर्शन गर्नुपर्दैन ?

२.अझै अध्यक्ष केपी शर्मा ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औं, ११ औं र १२ औं बैठकका निर्णयप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, प्रधानमन्त्रीले राजीनामा दिइदिए हाइसञ्चो हुन्थ्योजस्तो गर्ने, निर्लज्जतापूर्वक समानान्तर गतिविधि गर्ने र गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकार्य हुनसक्दैनन् ।

चेतना भया !!!