माधव नेपाल पक्षका नेताले ओलीलाई लिखित स्पष्टीकरण बुझाउने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

 नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूहका पाँच जना नेताले स्ष्टीकरण दिने भएका छन् । सोमबार ललितपुरमा भएको माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निर्णय गरेको हो ।

ओली समूहले माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो  । पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरुलाई कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण बुझाउन ३ दिन समय तोकेको छ ।