न्युज अफ नेपाल, ललितपुर ।
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अबिश्वासको प्रतास पास गरेर हटाउन चुनौती दिनुभएको छ । उहाले सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर हटाउन नस्क्ने चेतावनी दिनुभएको छ । ‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताब ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा पावरफुल सरकार यही हो यस्लाई कसैले हटाउन सक्दैन –उहाँको भनाई थियो ।
ल्लितपुरमा आयोजित क्षेत्र नम्बर ९को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहनुभएका मन्त्री श्रेष्ठले सक्छौ भने अविश्वासको प्रस्ताब ल्याएर देखाउन चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिसाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।

चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्ता चुनाव लक्षित कार्यक्रममा
यही सरकारले चुनाव गर्छ, फेरी बहुमत ल्याएर केपी ओली नेतृत्वको सरकार बन्छ उहाको भनाई थियो । पार्टीको विधान विपपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको चर्चा गर्नुभयो ।
एमाले भएर पार्टी अध्यक्ष माथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भए अनुसार अघि बढाइनेछ । उहाँले भन्नुभयो–स्पष्टीकरण सोधेका नेताहरुको जवाफ पर्खेका छौ, उचित समयमा विधान अनुसार कारबाही प्रकृया अघि बढाउने छ ।

मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रकृया अघि बढाइएको उल्लेख गर्नुभयो । ‘उहाँहरुलाई पार्टीले रहर गरेर स्पष्टीकरण सोधेका होइन, विधि, प्रकृया र नियम मिचेको कारण पार्टीको पुर्ण बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधेका हौ ।
प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द (विप्लब) र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको चर्चा गर्नुभयो ।
उहाले प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको उल्लेख गर्दै बुहारी एवं खानेपानी मन्त्री बीना मगरको कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गर्नुभयो । ओली सरकारलेएक वर्ष अघिनै पानी ल्याउने तयारी गरिसकेको थियो , त्यसबेला खानेपानी मन्त्रीकै कारण रोकिएको थियो । अब ढुक्क हुनुस मेलम्चीको पानी उपत्यका छिरिसकेको छ, केही दिनमै घरघरमा पानी आउँछ ।
भन्नुभयो–अब चैत १५ गते घरघरमा आउनेछ, यो सरकारको यो अति महत्वपुर्ण सफलता हो । यस्ले प्रचण्डको अर्को योजना असफल भएको छ । अगुवा कार्यकर्ता भेलामा उहाले आफ्नो निर्वाचन क्षेत्र नमुना क्षेत्र भएको बताउदै अझै थप योजना सहितको काम गर्न बाकी रहेको बताउनुभयो । भन्नुभयो–मेरो निर्वाचन क्षेत्रका अधिकांस सडक पिच भएको छ , एक दर्जन भन्दा बढी स्थानमा पार्क निर्माण भएको छ । भीमढुंगा र रामकोट जोड्ने क्षेत्रमा काठमाडौकै लामो झोलुङगे पुल बन्ने भएको छ ।
स्युचाटारवासीको घर घरमा खानेपानी पुगिसकेको छ । उहाँले सबै अब निर्वाचनको लागि तयारी रहन सबै कार्यकर्तालाई आग्रह गर्दै त्यसको लागि पार्टीले सहयोग गर्ने बताउनुभयो । भन्नुभयो–एमालेको सूर्य चिन्हमा मतदान गर्न सबै कार्यकर्तालाई अघि बढ्न निर्देशन दिदै त्यसको लागि आफुले सबै प्रकारको सहयोग गर्ने बताउनुभएको छ ।











प्रतिक्रिया