तीनवटा अवैध भरुवा बन्दुकसहित एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा तीनवटा अवैध भरुवा वन्दुक लुकाइ छिपाइ राखेको आरोपमा वन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बगनासकालीम गाउ पालिका वडा नं ३ तल्लो सिन्चासका ५८ वर्षीय हिराबहादुर सारुले घरमा लुकाई छिपाई गरी अवैध भरुवा बन्दु राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दा एक नाले भरुवा बन्दुक ३ थान फेला पारेको जनाएको छ । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा सारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रहरीले केही दिन अघि पनि बगनासकाली गाउँपालिका ४ महछापबाट अवैध भरुवा बन्दुक सहित २१ वर्षीय प्रेमबहादुर कनौजेलाई पक्राउ गरेको थियो । कनौजेले घरमा लुकाईछिपाई गरी अवैध भरुवा बन्दु राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्दा एक नाले भरुवा बन्दुक एक थान र निर्माण गर्दै गरेको १ नाले भरुवा बन्दुक १ थान गरी दुई थान भरुवा बन्दुक फेला पारेको थियो ।