विदेशीकै भरमा ओली संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परे : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीकै भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी धारले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेको जनाएका छन् ।

‘हिजोका गणतन्त्र विरोधीको एउटा धार बनेको छ, उनीहरुले संविधान निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, २० र २५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन् ।’

त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न ओलीलाई विदेशीले हुर्काएको दावी गर्दै उनले भने ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्, केपीलाई विदेशीले हुर्काएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।