पर्सामा ४० हजार बढीले कोरोनाको खोप लगाए

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा पहिलो र दोश्रो चरणमा गरी ४० हजार भन्दा बढीले कोराना बिरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार गत माघ महिनामा शुरु भएको पहिलो चरणको खोप अभियान र दोश्रो चरणमा फागुनमा संचालिन खोप अभियानमा गरी पर्सामा ४० हजार १० जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका हुन् ।

दुई चरणमा खोप लगाउनेमा ज्येष्ठ नागरिक सहित पत्रकार,कर्मचारी लगायत रहेको पनि जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले जानकारी दिनुभयो । पहिलो चरणमा सरकारले लक्षित गरेको स्वास्थ्यकर्मी,सरसफाइकर्मी सहित पत्रकार एवम् दोश्रो चरणमा ज्येष्ठ नागरिक लगायतलाई जिल्लाभर खोप कार्यक्रम संचालन गरिएको थियो । पर्सामा नारायणी अस्पताल सहित नेशनल मेडिकल कलेज र पोखरिया अस्पतालबाट कोरोना बिरुद्धको खोप लगाइएको थियो । कोरोनाको खोप लगाएकाहरुमा पर्सामा सामान्य बाहेक अन्इ खास समस्या नदेखिएको पनि स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

पहिलो चरण र दोश्रो चरणमा खोप लगाएकाहरुलाई पुनः २८ दिनपछि अर्को डोज खोप उपलब्ध गराउनुपर्ने भएपनि भारतबाट आउने भनिएको थप खोजको डोज नआएका कारण हाल कोरोना बिरुद्धको खोप कार्यक्रम स्थगित भएपछि पर्सामा पनि खोप अभियान रोकिएको हो ।