अवैध हतियार र गोलीसहित पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

बाराको जितपुरसिमरा उमनपा–७, शान्ति टोलस्थित बाटोछेऊमा रहेको गजेन्द्र ठाकुरको सैलुनमा शंकास्पद्रुपमा बसिरहेको अबस्थामा महोत्तरीका एक व्यक्ति अवैध हतियार र गोलीसहित पक्राउ परेका छन् ।

साबिक डाम्ही मडइ गाविस वडा–२ (हाल महोत्तरी गापा वडा–२) बस्ने वर्ष ४० का प्रमोदकुमार चौधरी भूमिहारको साथबाट इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कटुवा पेस्तोल थान १, फिट हुने गोली २ राउण्ड र मोबाइल सेट २ थान फेला पारेको हो । ती सामान बरामद गरी चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्