संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएका ओलीलाई हटाउन ढिला नगरौं : डा. भट्टराई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टीको संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउने कुरामा ढिला गर्न नहुने बताएका छन् ।

हालको प्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध लागेका ओलीलाई कसरी तत्काल पदबाट हटाउने भन्ने कुरा प्रार्थमिकतामा राख्न पर्ने भट्टराईले जनाएका छन् ।

‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन;अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो! ‘ उनले लेखेका छन् ।

ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाएपछि मात्रै अन्य कुरा समाधान गर्नतर्फ लाग्नुपर्ने जनाउँदै भट्टराईले लेखेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौ;पछाडिका स्यालहरूसंग लड्दै गरौंला! कुनै गल्ती नगरौं!