प्रतिनिधि सभाको आगामी बैठक चैत १० मा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभाको आगामी बैठक चैत १० गते मंगलवार बस्ने सुचनासँगै आज बसेको प्रतिनिधि सभाको बैठक सकिएको छ । बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखिएको शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै, बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, पम्फा भुसाल, राजकिशोर यादव, सरिता पौडेल र प्रेम सुवाल लगायतले सम्बोधन गरेका थिए ।