घाइते महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका डोजर चालक भीमबहादुर बुढाथोकी रहको प्रहरीले जनाएको छ ।

धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारस्थित खोल्सी जिपजिपेमा गत १७ फागुनमा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाललाई डोजर चलाइरहेका बुढाथोकीले ठक्कर दिएका थिए । डोजरले ठक्कर दिएसँगै खाल्डोमा खसेकी कुमाललाई उद्दार गर्नुको साटो बुढाथोकीले माटो हालेर पुरिदिएका थिए । सोही क्रममा सार्वजनिक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए ।

पक्राउ परेका बुढाथोकीविरुद्ध ज्यान सम्बन्धी कसूरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।