संसदीय दलको बैठक अघि नै नेपाल-खनाल समूहले बोलायो सांसदहरूको भेला

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको (नेपाल-खनाल) समूहले सानेपास्थित हेरिटेज गार्डेनमा आज १० बजे सांसदहरुको भेला बोलाएको छ । त्यस्तै, एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसदीय दलको बैठक बोलाएका छन् ।

ओलीले आज ११ बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । नेपाल समूहले बालुवाटार बैठक अघि नै सांसदहरुको छुट्टै भेला आह्वान गर्दै आफ्ना पक्षका सांसदहरु उपस्थित हुन नसक्ने खवर पठाइसकेको छ ।