मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


काठमाडौं, (नेस) ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा९२प १४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा भक्तपुर लोकन्थली बस्ने गणेशमाया तिमल्सिना र मोटरसाइकल चालक काठमाडौं मूलपानी नयाँबस्ती बस्ने रामकुमार श्रेष्ठ रहेका छन् ।

उक्त मोटरसाइकलले पैदलयात्री गणेशमायालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको केएमसी अस्पताल सिंनामगलमा उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं मूलपानी नयाँबस्ती बस्ने कुलबहादुर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।