माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै


न्युज अफ नेपाल काठमाडौं ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि केन्द्रीय कमिटि बैठक बस्न लागेको हो ।बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समिकरण, पार्टीको नाम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिने बताइएको छ ।

साथै बैठकमा सर्वोच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरुलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टिकरणबारे पनि समीक्षा गरिने बताइएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।