नेपाली खेल क्षेत्रका अवसर र चुनौती


खेल र कुद भन्ने दुई शब्दका मेलबाट खेलकुद शब्द बनेको हो । यस शब्दले मन बहलाउन वा व्यायामका निम्ति खेल्ने र कुद्ने काम भन्ने अर्थ व्यक्त गर्दछ । यस सन्दर्भमा मन बहालाउन वा व्यायामका निम्ति खेल्ने र कुद्ने कामको महत्व नै खेलकुदको महत्व हो भन्ने बुझिन्छ । तर खेलकुद शब्दले हिजोआज केवल मनोरञ्जन र व्यायामका लागि खेल्ने र कुद्ने काम मात्र नबुझाई व्यापक अर्थमा एउटा ठूलो व्यवसायलाई बुझाउन थालेको छ ।

यो व्यक्तिको सम्मान र प्रतिष्ठासँग पनि जोडिन पुगेको छ । खेलकुदका माध्यमबाट राष्ट्रको नाम विश्वभर फिँजिन्छ । वर्तमान युगमा खेलकुद दिन–प्रतिदिन लोकप्रिय बन्दै गएको छ । त्यसैले अहिले खेलकुदका लागि विश्वमा ठूलो धनराशी खर्च भइरहेको छ र हरेक खेलकुदको विकास गर्न मरिमेटेर लागिरहेका छन् । यसबाट खेलकुदको महत्व स्वतः झल्किन्छ ।घरभित्र खेलिने खेल र बाहिर खेलिने खेल गरी खेललाई दुई किसिमले वर्गीकरण गर्न सकिन्छ । मानवजीवनमा खेलकुदको ज्यादै ठूलो महत्व रहेको छ । खेलबाट हाम्रा शरीर र मन दुवै स्वस्थ रहन्छन् । अझ शारीरिक तन्दुरुस्तीका साथै निरोगी खेलकुदबाटै प्राप्त गर्न सकिन्छ ।नियमितरुपमा खेलकुदमा सहभागी हुने व्यक्ति ज्यादै फूर्तिलो हुन सक्छ । त्यसैले समय मिलाएर खेलकुदमा सहभागी हुनु अति जरुरी छ । खेलमा एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ । खेलबाटै सहयोगीको भावना बढ्न सक्छ अनि एक–अर्कामा आत्मीयता पनि बढ्न जान्छ । तर अहिले कुनै–कुनै खेलमा स्वस्थ प्रतिस्पर्धाको सट्टा अस्वस्थ प्रतिस्पर्धा पनि भइरहेको पाइन्छ ।

जसरी भए पनि खेल जित्नै पर्ने भन्ने नचाहिँदो होडबाजी र दुर्भावनाको विकासले गर्दा खेलमा अस्वस्थ प्रतिस्पर्धाको सिर्जना भएको हो । खेल हुनुभन्दा अघि नै हारजित निश्चित गर्नु, छलकपट हुनु, खेलाडीहरुलाई धम्की दिनु र तिनलाई खरिद गर्न खोज्नु आदिजस्ता खराब प्रवृत्तिका कारण सिंगो खेलजगत् नै कहिलेकाहीँ विवादमा फस्न पुग्छ । यस्तो हुनु दुर्भाग्यपूर्ण कुरा हो ।मानिसजस्तै पशुपन्छीहरु पनि खेलेर रमाउने गर्दछन् । बाख्रा, कुकुर, बिरालो आदि जनावर र तिनका बच्चाबच्चीहरु उफ्रिँदै खेल्दै गरेको हामीले देखेका छौं । त्यसै गरी बाँदर, मृग आदि जंगली जनावरहरु पनि खेलिरहन्छन् । चराचुरुंगीहरु पनि खुला आकाशमा चक्कर लगाउँदै अनि रुखका हाँगाहाँगा चहार्दै रमाइरहन्छन् । माछो पनि पानीमा खेलिरहेको हामी देख्न सक्दछौं ।खेलकुदबाट मानिसलाई धेरै फाइदा हुन्छ । खेलकुदमा अनुशासन अपरिहार्य हुन्छ । यसले मानिसलाई अनुशासित जीवन बिताउन मद्दत गर्छ । यसबाट मानिसले समूहमा मिलेर कम गर्ने बानी सिक्छ । खेलबाट शारीरिक व्यायाम हुने भएकाले जाँगर पलाउनुका साथै खाएको कुरा पनि सजिलै पच्छ । व्यक्तिका शरीरको, मनको, बुद्धिको विकासमा खेलकुदले निकै सघाउ पु¥याउँछ । खेलले खेल खेल्ने व्यक्ति, समाज र राष्ट्रको गौरव बढ्छ ।

पछिल्लो समय नेपाली खेलजगत् क्रमशः व्यावसायिक बन्दै गएको अनुभव हुन थालेको छ । खेल क्षेत्रमा व्यावसायिकता वृद्धिसँगै व्यावसायिक खेलाडीहरू देखिन थालेका छन् । खेलकुदमै लागेर पनि भविष्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुँदै गएको छ । खेलकुदमा व्यावसायिकता वृद्धिसँगै विभिन्न खेलकुद प्रतियोगिता, खेलाडी र खेलकुद क्लबहरूको प्रायोजनमा केही व्यावसायिक घराना र उद्यमी, व्यवसायीहरू अगाडि आइरहेको पनि देखिन्छ ।यसलाई अत्यन्त सकारात्मक मान्नुपर्छ । जुन–जुन खेल संघ सक्रिय छन्, ती–ती खेलको भविष्य उज्ज्वल देखिन्छ । खासगरी क्रिकेट, फुटबल, गल्फ, तेक्वान्दो, कराते आदि प्रचुर सम्भावना बोकेका खेल हुन् । विभिन्न खेलकुदका स्टार खेलाडीलाई निजी क्षेत्रका कम्पनीहरूले प्रायोजन गर्नुका साथै, कम्पनीको ब्रान्ड एम्बेसडर बनाएर आ–आफ्नो उत्पादनको प्रचारप्रसार गराउँदा खेलाडीहरूको जीविकोपार्जन पनि सहज हुँदै गएको छ ।यसका अतिरिक्त विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेलाडीहरूको सहभागिताले गर्दा मुलुकलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन पनि सहज हुने अपेक्षा गर्न सकिन्छ । तेक्वान्दोजस्तो व्यक्तिगत प्रदर्शनका भरमा नाम कमाउन सकिने खेल यहाँ प्रशस्त छन् । यतिखेर तेक्वान्दोका दीपक विष्ट, संगीना वैद्य, करातेका दीपक श्रेष्ठ, गल्फका शिवराम श्रेष्ठ र क्रिकेटका सबैजसो खेलाडी आफ्नो उत्कृष्ट प्रखेलकुद क्षेत्र जतिसुकै व्यावसायिक बन्दै गए पनि मुलुकमा नियमित प्रशिक्षण र खेल नहुँदा खेलाडीहरू वर्षका १२ मध्ये १० महिना त्यत्तिकै खालि बस्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरूमा नैराश्यको भाव उत्पन्न हुनुका साथै अन्य वैकल्पिक बाटो रोजेर खेल क्षेत्रलाई नै ‘बाई बाई’ गर्ने वा विदेश पलायन हुने सम्भावना प्रशस्त रहन्छ ।

खेलकुद क्षेत्रलाई राज्यले खासै राम्रो बजेट दिएको छैन । जसले गर्दा अधिकांश खेल संघ र खेलाडीले बारम्बार पीडित हुनुपर्ने स्थिति छ । खेलकुद परिषद्सिित आबद्ध खेल संघकै चुस्त र प्रस्ट नीति देखिन्न । अधिकांश खेल संघले खेलकुदका नाममा विदेश जान पाइने लोभमा काम गरिरहेका छन् । मुलुकको खेल क्षेत्रमा भ्रष्टाचार निकै मौलाएको छ । मुलुकको घिनलाग्दो राजनीतिको कालो छायाले खेलजगत्लाई अस्तव्यस्त बनाएको छ । सरकार फेरिएपिच्छे खेलकुदको नेतृत्व पनि परिवर्तन हुने रोग मुलुकको खेलकुद विकासमा तगारोका रूपमा रहेको बिर्सन सकिन्न ।अन्त्यमा, मुलुकको खेलकुद विकासका प्रशस्त सम्भावना छन् । मुलुकको खेलकुद क्षेत्र क्रमशः व्यावसायिक पनि बन्दै गएको छ । तर, जतिसुकै सम्भावना भए पनि राजनीतिक छायामा परेको हुनाले हाम्रो खेल क्षेत्र टाक्सिएको छ । यसलाई उकास्ने दिशातर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ ।
– सुदामा कार्की