नेपाल निकट स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्ने भएका छन् । बुधवार नेपाल निकट केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो ।

आज दिउँसो बानेश्वरस्थित अर्याल होटलमा बस्न लागेको बैठकमा केन्द्रीय कमिटीबाट जुटेको सहमतीका विषयमा थप छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेसँगै पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने जनाउँदै नेपाल समूहले एमालेमै फर्किएको थियो ।