भारतको सहयोगमा ललितपुरस्थित कुमारी छें र कुमारी घर पुनर्निर्माण हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारतको सहयोगमा ललितपुरस्थित कुमारी छें र कुमारी घर  पुनर्निर्माण हुने भएको छ । भारतीय राजदुत विनय मोहन क्वात्राले मंगलबार ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवासको शिलान्यास गरेका छन् ।

विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्प पश्चात क्षतिग्रस्त बनेको थियो । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैयाँ ३२ पैसा लागतमा भौतिक संरचनाको पुनर्निर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागेको प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताएका छन् । भौतिक संरचनाहरू पुरानै मौलिक स्वरूपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने सिंहले बताए । डेढ वर्षमा सम्पन्न गर्ने गरी बनाउन लागिएको भवन भूकम्प प्रतिरोधी हुने बताइएको छ ।