एसईई परीक्षा जेठ १३ र १२ को परीक्षा जेठ २६ देखि सुरु हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।

गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । विगतका वर्षमा शैक्षिक सत्र चैतमा समाप्त हुँदै आएपनि यस वर्ष कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले शैक्षिक सत्र जेठसम्म गराइएको छ ।