रघुजी पन्तविरुद्ध वलीले दायर गरिन् गाली बेइज्जती मुद्दा (भिडिओसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सांसद कोमल वलीले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दायर गरकी छन् । वलीले पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएकी छन् ।

‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ वलीले भनिन् ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ।’ पन्तले एक कार्यक्रममा वलीले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको टिप्पणी गरेका थिए ।

उनको यस टिप्पणीबारे सामाजिक सञ्जालमा विरोध हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत मागिसकेका थिए ।

तस्वीर/भिडिओ : उजोल डंगोल