नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने बताइएको छ । सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएसँगै एकीकरण पूर्वकै अवस्थामा पुगेपछि नेकपा माओवादी केन्द्रको यो पहिलो स्थायी कमिटी बैठक हो ।

यस बैठकमा अबका रणनीतिबारे छलफल हुने स्रोतले बताएको छ । यस्तै, आजै पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रको बोर्ड राखिने भएको छ ।