धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर एमालेको बोर्ड राखियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएपछि पार्टी कार्यालयमा पनि आ आफ्नै बोर्ड राख्न सुरु गरिएको छ ।

सर्वोच्चको आइतबारको फैसलाले एकीकृत नेकपा खारेज भएसँगै एमाले र माओवादी केन्द्र पुन आफ्नै पार्टीमा फर्किएका छन् । यस्तै, पार्टी एकीकरण अघि एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा आज एमालेको बार्ड राखिएको छ । माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ ।